कर्णाली राजमार्गमा बस दुर्घटना : ४ जनाको मृत्यु, ३४ घाइते

कर्णाली राजमार्गमा बस दुर्घटना : ४ जनाको मृत्यु, ३४ घाइते

केन्द्रबिन्दु
0
Shares

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको ना.२ ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिकाको सिस्नेमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा परि ३ जनाको मृत्यु भएको र अन्य ३४ जना गम्भीर घाइते भएको उद्धारमा खटिएका आठविस नगरपालिका दैलेखका पूर्वनगर प्रमुख खड्गराज उपाध्यायले जानकारी दिएका छन् ।

दुर्घटना भएको बस कर्णाली नदीको तिरमा छ, छतमा र बसको कोलियामा समेत मानिसहरू यात्रा गरेको भन्ने सुनेका थियौँ । बसभित्रबाट घाइतेहरू निकाल्दैछौँ । ४ जनाको मृत्यु भएको छ, रातिको समय भएकोले उद्धारमा समस्या भएको खड्गराज उपाध्यायले जानकारी दिएका छन् । 

राकमबाट उद्धारका लागि प्रहरी पुगिसकेको छ, अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । घाइते सबैको अवस्था गम्भीर छ, एम्बुलेन्स अभाव छ। हेलिकप्टरबाट सरकारले उद्धार गरिदिएको भए घाइतेहरूलाई बचाउन सजिलो हुने खड्गराज उपाध्यायले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उद्धारका कामलाई प्रभावकारी बनाउन सुरक्षा निकायको चार वटा टोली खटाएको बताएका छन्। दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले दैलेख, दुल्लु, आठवीस र तल्लो डुँगेश्वरबाट उद्धारका लागि टोली पठाएको बताएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Logo