सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकामा विभिन्न १३ वटा सडक परियोजना निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सम्वद्ध अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण कार्य गराइएको, वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरि भ्रष्टाचार गरेको पाइएको छ। आयोगले गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टविरुद्ध सात लाख ६७  हजार ९८८ बराबरको बिगो दाबी गरेको छ। 

सोही नगरपालिकाका तत्कालीन अर्का प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीविरुद्ध २४ लाख ५१ हजार ५२६, तत्कालिन इञ्जिनीयर पूर्ण कुँवरविरुद्ध ३२ लाख १९ हजार ५१४, ल्याब टेक्निसियन धनबहादुर विष्टविरुद्ध २९ लाख २८ हजार १६८ र निर्माण व्यवसायी कामी शेर्पाविरुद्ध २९ लाख २८ हजार २७४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ।

Logo