बारामा दुई ट्रक एकापसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

बारामा दुई ट्रक एकापसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

केन्द्रबिन्दु
0
Shares

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दुई ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको छ। दुई ट्रक मध्ये एक ट्रकमा आगलागी भएर जलेर नष्ट भएको छ।

उपमहानगरपालिकाको वडा नम्बर-२२ स्थित तीन नम्बर पुल र ४ नम्बर पुलको मोडमा शनिबार दुईवटा ट्रक आपसमा ठोक्किएका हुन् ।

हेटौंडाबाट बारा आउँदै गरेको ना६ख ३२८६ नम्बरको ट्रक र बाराबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ४२४२ नम्बरको मिनी ट्रक पुलको मोडमा ठोक्किएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा ना६ख ३२८६ नम्बरको ट्रकको तार सर्ट भई जलेर नष्ट भएको जिल्ला ट्राफिक कार्यालय बाराले जनाएको छ।

Logo