६ जनामा कोरोना सङ्क्रमण, सक्रिय सङ्क्रमितको सङ्ख्या १०२

६ जनामा कोरोना सङ्क्रमण, सक्रिय सङ्क्रमितको सङ्ख्या १०२

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ६ जनामा देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा २ हजार ४११ मा कोरोना परीक्षण गर्दा ६ जनामा मात्र सङ्क्रमण देखिएको हाे। मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १०२ रहेको छ।

विगत २४ घण्टामा १३ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन्।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३० जिल्ला पुगेका छन्। आज १३ हजार ८२९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। 

Skip This
Skip This
Logo