विमान दुर्घटनामा परेका २२ जनाकै शव भेटियो, बाँकी १२ शव काठमाडौं ल्याउने तयारी

विमान दुर्घटनामा परेका २२ जनाकै शव भेटियो, बाँकी १२ शव काठमाडौं ल्याउने तयारी

केन्द्रबिन्दु
0
Shares

मुस्ताङमा दुर्घटनामा परेको तारा एयरको विमान दुर्घटनामा सवार सबै २२ जनाको शव भेटिएको छ। 

हिजो साँझसम्म २१ जनाको शव भेटिएकोमा आज बिहान बाँकी एक जनाको पनि शव भेटिएको हो । भेटिएका मध्ये २० जनाको शव घटनास्थलबाट निकालिएको छ। 

जसमध्ये १० जनाको शव हिजै काठमाडौं ल्याइएको थियो । अन्य १० जनाको शव आज विहान मुस्ताङको कोवाङसम्म ल्याइएको डिएसपी दानीले बताए । अब दुई जनाको शव पनि कोबाङ ल्याएर १२ वटै शव काठमाडौं पठाइने  मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

दुर्घटनामा मृत्यु भएका यात्रु तथा चालक दलका सदस्यको शव काठमाडौंमा ल्याएर पोष्टमार्टम गरी परिवारलाई बुझाइने तारा एयरले जनाएको छ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटनामा परेको थियो । 

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको जहाज त्यसको १३ मिनेटपछि सम्पर्कविहीन भए पनि हिजो बिहानमात्रै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। 
 

Logo