विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिएको दिनको सम्झनामा 'एभरेष्ट डे' मनाइएको छ ।
सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिएको दिन मे २९ को सम्झनामा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । सन् १९५३ मे २९ को दिन तेन्जिङ नोर्गे शेर्पा तथा सर एडमण्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिनलाई एभरेष्ट डेको रुपमा विश्वभरि नै मनाइने गरिन्छ।
उक्त विशेष दिनको अवसर पारेर विगत एक दशकभन्दा लामो समयदेखि ‘पार्टी एट द टप अफ द वर्ल्ड’ भन्ने नाराका साथ वाह्य तथा आन्तरिक पर्यटन प्रबर्धनका साथै विभिन्न खेलकुद, सरसफाई कार्यक्रमका साथै यस भेगका लोपन्मुख पशुपंक्षी तथा वन्यजन्तुहरुको संरक्षण, जलवायु परिवर्तनका साथै सोलुखम्बु क्षेत्रमा आउने पदयात्रीहरुको विभिन्न समस्याको समाधानमा सहयोग पुर्याउने गतिविधिहरु सञ्चालन गर्दै यो वर्ष पनि विशेष कार्यक्रम आयोजना गरिएको हो ।
हरेक वर्ष सगरमाथा आरोहणका लागि देश तथा विदेशका विभिन्न ठाउँहरुबाट आएका हजारौं पर्यटकहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि यो वर्ष पनि उक्त कार्यक्रम आयोजना गरिएको हो । नाम्चे युवा समुह तथा पार्टी एभरेष्ट इन्टरनेशनलको संयुक्त आयोजनामा मे २९ अर्थात जेठ १५ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सांगीतिक कार्यक्रम तथा डिजे सेसन सञ्चालन गरिएको पार्टी एभरेष्ट इन्टरनेशनलका पासाङ छिरिङ शेर्पाले बताए ।
कार्यक्रममा कलाकारहरु सुगम पोखरेल, मिलन नेवार, तृष्णा गुरुङ, सुवानी मोक्तान डिजे तेन्जिङ, विश्व दोङ, जेनी शेर्पा, छिरिङ वाङछु शेर्पाका साथै स्थानिय कलाकारहरुले पनि आफ्नो प्रस्तुत दिएका थिए । उक्त कार्यक्रममा सोलुखूम्बुको नाम्चेबजारस्थित हिमाल आधारभूत विद्यालयको प्रांगणमा आयोजना भएको थियो ।
प्रतिक्रिया