तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव परिवारलाई बुझाइएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा दुई दिन पोस्टमार्टम गरेपछि मृतकको शव आफन्तको जिम्मा लगाइएको हो ।
पोखराबाट बिहान जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाकै मृत्यु भएको थियो । चालक दलका तीन सदस्य सहित १९ यात्रु गरी २२ जना विमानमा सवार थिए ।
आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०स्०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्रा टुक्रा परेको अवस्थामा सोमबार बिहान फेला परेको थियो ।
विमान दुर्घटनाको छानबिन गर्न मन्त्रालयले सोमबार नै दुर्घटना जाँच आयोग समेत गठन गरेको छ ।































प्रतिक्रिया