महिला पत्रकारलाई दुर्व्यवहार गरेको भन्दै ‘नेपाल आज’ नामक सञ्चार संस्थाका अध्यक्षलाई कारबाही गर्न र पत्रकारको सुरक्षा प्रबन्ध मिलाउनका लागि नेपाल पत्रकार महासंघले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।
तीन वर्षअघि काम गरेको सञ्चार संस्था ‘नेपाल आज’ का अध्यक्ष माधव गुरागाईंले राखेको प्रेम प्रस्ताव अस्वीकार गर्दा पत्रकार कञ्चन न्यौपानेले निरन्तर खेप्दै आएको मानसिक यातनाको घटनाप्रति महासंघले ध्यानाकर्षण जनाएको हो ।
न्यायको पक्षमा उभिँदा पत्रकारलाई दबाब र धम्की दिनु आपत्तिजनक र प्रेस विरोधी काम भएको भन्दै महासंघले अदालतमा विचाराधीन मुद्दालाई समेत प्रभावित बनाउने गरी धम्की दिएको घटनाले पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने काम गरेको बताएको छ ।
‘महासंघको आचारसंहिता तथा अनुगमन विभागले पनि यसअघि दुई पटक सचेत गराइसकेको निज गुरागाईंलाई मौजुदा कानुनअनुसार कारबाही गर्न र पत्रकारको सुरक्षा प्रवन्ध मिलाउन महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ‚’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।





























प्रतिक्रिया