वर्षाले फट्टेको पुलमा क्षति, मर्मत गरिँदै

वर्षाले फट्टेको पुलमा क्षति, मर्मत गरिँदै

केन्द्रबिन्दु
0
Shares

अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ । 

गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ । वर्षाले मेलम्ची नगरपालिका-११ स्थित ह्युमपाइप जडित फट्टेको पुलमा क्षति पुगेको छ । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ ।

अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङसहितको टोलीले उक्त क्षेत्रको अनुगमन गरेपछि पुलको मर्मत थालिएको छ । मेलम्ची नगरपालिका–७ र ११ जोड्ने फट्टेमा अस्थाई कल्भर्टमा क्षति पुगेसँगै यातायात सेवा अवरूद्व भएको छ ।     

Logo