काभ्रे ।
काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् ।
दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरो प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए।
अभियुक्त अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।रासस





























प्रतिक्रिया