काठमाडौं महानगरपालिकाको फोहोर आजदेखी बन्चरेडाँडामा विसर्जन हुने भएको छ ।
प्रभावित क्षेत्रका जनप्रतिनिधि र महानगरबीच गएराति सहमति भएपछि फोहोर विसर्जनमा हुँदै आएको अवरोध हट्ने भएको हो । दुई पक्षबिच फोहोर ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्ने लगायत १८ बुँदे सहमति भएको छ।
गएराति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयदेखि वडा अध्यक्षहरूको उपस्थिति थियो। उनिहरुले केही दिनअघि महानगर र पालिका प्रमुखबीच भएको सम्झौता मानिरहेको नमान्ने भन्दै विरोध गर्दै आइरहेका थिए । सहमति अनुसार आजदेखि नै उपत्यकाको फोहोर विसर्जनको अवरोध हटाइने भएको छ। यसअघि सोमबार ककनी र धुनबेसीका पालिका प्रमुख, महानगर र शहरी विकास मन्त्रालयबीच सहमति भई मंगलबार फोहोर बाकेर बन्चरेडाँडा गएका गाडी काठमाडौं फर्काइएको थियो ।





























प्रतिक्रिया