पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

केन्द्रबिन्दु
0
Shares

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ। 

गए राति ९ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको  थियो । 

पहिरो हटाएर राति १ः३० बजेबाट नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। 

Logo