प्रसारण लाइनमा मान्छे चढेपछि ‘माथिल्लो त्रिशूली थ्री ए’को विद्युत् उत्पादन बन्द

प्रसारण लाइनमा मान्छे चढेपछि ‘माथिल्लो त्रिशूली थ्री ए’को विद्युत् उत्पादन बन्द


ककनी गाउँपालिका–७ स्थित त्रिशूली माता तीर्थ प्रसारण लाइनमा बिहान १० बजेबाट बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला बिक चढेपछि माथिल्लो त्रिशूली थ्री ए आयोजनाको उत्पादन रोकिएको छ ।

बिहान १० बजे नुवाकोटको ककनीस्थित बिजुली प्रसारण लाइनको टावरमा चढेका ति व्यक्ति टावर हुँदै उनी तारसम्म पुगेका थिए । तारमा हिँड्न थालेका माइला तारमा हिँड्न थालेको  घण्टा बितिसक्यो । तर, अझै तल झरेका छैनन् । उनको पागलपन र अटेर स्वभावले स्थानीय र प्रहरीलाई हैरानी भइरहेको छ । उनी चढेपछि प्राधिकरणले आफ्ना विद्युत् आयोजना बन्द गरेर प्रसारण लाइनमा विद्युत् प्रवाह रोकेको हो ।

उनी ककनीको माथिल्लो त्रिशूली मातातीर्थ प्रसारण लाइनमा चढेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी रूपक खड्काले जानकारी दिए । ‘उनलाई तल झार्न अनेकौं कोसिस गरियो, तर मान्नुभएको छैन,’ डिएसपी खड्काले भने, ‘हामीलाई पनि निकै समस्या भइरहेको छ, जति फकाए पनि मान्नुभएको छैन ।’

उनी तारमा चढेपछि अहिले विद्युत आयोजना बन्द गरेर प्रसारण लाइनमा विद्युत प्रवाहसमेत रोकिएको छ । माइलालाई प्रहरी र स्थानीयले फकाइरहेका छन् । ‘उहाँ तल झर्न खोजेको जस्तै गर्नुहुन्छ, फेरि माथि चढ्नुहुन्छ’ उनले भने, ‘माथि तल गर्ने क्रम रोकिएको छैन ।’ उनी किन यसरी चालमा चढेका हुन् भन्नेबारे अझै नखुलेको प्रहरीले जनाएको छ ।

Logo