मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत

मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत

केन्द्रबिन्दु
0
Shares

मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरीलाई सोही गाउँपालिका-३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि राजनले शनिबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले घरपझोङ गाउँपालिका-४ जोमसोमबाट उनलाई पक्राउ गरेको हो ।

Logo