पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ ।
मस्र्याङ्दी जलविद्युतको पावर हाउस नजिकै पुलबाट टिपर आज बिहान खोलामा खसेको थियो । आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ रूवाखोलाको पुलबाट टिपर खोलामा खस्दा चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ का करिब ४७ वर्षका रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ४४६९ नम्बरको ट्रिपर आज बिहान करिब साढे ४ बजे पुलबाट खसेर खोलामा पुगेको थियो ।
टिपर खसेर गम्भीर घाइते भएका चालकलाई उपचारका लागि चितवनस्थित मेडिकल कलेज लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया