पहिरोले डुम्रे-बेँसीसहर सडकखण्डको उदिपुरमा सडक अवरुद्ध

पहिरोले डुम्रे-बेँसीसहर सडकखण्डको उदिपुरमा सडक अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

लगातारको वर्षाका कारण डुम्रे-बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । 

लगातारको वर्षाका कारण शनिबार रातीदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो । बेँसीसहर नगरपालिका-१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएकाे थियो । लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर  कार्कीका अनुसार  बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।

नयाँ ट्रयाक खोलेर वैकल्पिक बाटो खोजी गरी आइतबार साँझसम्म अवरुद्ध सडक खुलाइने डुम्रे-बेँसीसहर-चामे सडक योजनाका प्रमुख डिभिजन इन्जिनियर अच्युत बिलास पन्तले  बताए । उनले भने, 'सडकको १ सय मिटर माथिबाट पहिरो खसेको छ तत्काल सडक खुलाउन सकिँदैन यसका लागि बैकल्पिक बाटो खोज्नुपर्छ । '

Logo