आज बर्षकै लामो दिन, यस्ता छन रोचक तथ्यहरु

आज बर्षकै लामो दिन, यस्ता छन रोचक तथ्यहरु

केन्द्रबिन्दु
0
Shares

आज जून २१ तारिख अर्थात यस वर्षको सबैभन्दा लामो दिन । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्धमा दिन लामो हुने गर्छ । आजबाट उत्तरी गोलार्धमा गर्मी मौसमको सुरुआत हुँदा दक्षिणी गोलार्धले भने जाडोलाई स्वागत गर्नेछ । नेपालमा आज सूर्योदय बिहान ५ बजेर ९ मिनेट हुँदा भयो र सूर्यास्त बेलुकी ७ बजेर ३ मिनेट जाँदा हुनेछ । अर्थात आजको दिन नेपाली समयअनुसार १३ घण्टा ४५ मिनेटको  हुनेछ । 

रोचक तथ्यहरुः
१. पुरातन संस्कृतिहरूलाई थाहा थियो कि आकाशमा सूर्यको बाटो, दिनको लम्बाइ, सूर्योदय र सूर्यास्तको समय, स्थान सबै वर्षभरि नियमित रूपमा परिवर्तन भइरहन्छन । त्यहि कुराको सटिक जानकारीका लागि मानिसहरुले इङ्गल्याण्डमा स्टोनहेन्ज जस्ता स्मारकहरू निर्माण गरे । 
२. वर्षको अन्य कुनै पनि समयको तुलनामा २१ जुनको समयमा, उत्तरी ध्रुव सूर्य तिर अधिक सीधा रहन्छ र दक्षिणी ध्रुव सूर्यभन्दा धेरै टाढा ढल्किएको हुन्छ । 
३.मूर्तिपूजक लोककथाका अनुसार, मानिसहरूले “चेज डेभिल“ जस्ता जडिबुटी र फूलहरूको सुरक्षात्मक माला लगाउँछन्, जसलाई आज सेन्ट जोन्स वर्ट भनिन्छ । यी फूल लगाउनुको मुख्य कारण जाडो महिनामा दुष्ट आत्माहरूबाट जोगाउनु हो  ।
४.क्रिश्चियन चर्चहरूले जोन द ब्याप्टिस्टको जन्मको सम्झनामा ग्रीष्मकालीन संक्रान्तिलाई सेन्ट जोन्स डे भनेर चिन्छन ।
५.आजको दिन पछि सूर्य क्षितिजको सबैभन्दा टाढा बायाँतिर उदाउँछ र ग्रीष्म महिनामा यसको दाहिने स्थानमा अस्ताउँछ ।


 

Logo