कोभिड १९ : काभ्रेमा अब ३१ जना मात्र सक्रिय संक्रमित बाँकी

कोभिड १९ : काभ्रेमा अब ३१ जना मात्र सक्रिय संक्रमित बाँकी

केन्द्रबिन्दु
0
Shares

काभ्रे।

काभ्रेमा कोरोना संक्रमितको संख्या घटेको छ । हालसम्म ३ हजार ३२४ जना संक्रमित रहेको जिल्लामा ३ हजार २४९ निको भएका छन् भने मृत्यु हुनेको संख्या ६० पुगेको छ । जिल्लामा मृत्यु हुने मध्ये १६ जना अन्य जिल्लाका रहेका छन् । अब ३१ जना सक्रिय संक्रमित रहेको काभ्रेमा २९ जना होम आइसोलेसन र २ जना अस्पतालमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्र झाले जानकारी दिएका छन् । आज पनौतीका १ जना संक्रमित थपिएका छन् ।

यसैगरि आज काठमाडौं उपत्यकामा आज १०९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख ६६४, भक्तपुरमा ९ हजार १७५ र ललितपुरका १५ हजार ९०४ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २५ हजार ७४३ जना पुगेको छ ।

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० जना पुगेको छ । आज २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३८६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९९४ पुगेको छ।

नेपालमा हालसम्म २० लाख ३८ हजार ८४२ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ५४१ जनाको परीक्षण गरिएको छ।

Logo