लाइसेन्सका लागि अनलाइन आवेदन भर्दा एउटै मोबाइल नम्बर प्रयोग गर्न अनुरोध

लाइसेन्सका लागि अनलाइन आवेदन भर्दा एउटै मोबाइल नम्बर प्रयोग गर्न अनुरोध

केन्द्रबिन्दु
0
Shares

यातायात व्यवस्था विभागले लाइसेन्सका लागि अनलाइन आवेदन भर्दा एउटै मोबाइल नम्बर प्रयोग गर्न अनुरोध गरेको छ । 

सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन भर्दा एउटै आवेदकले फरक फरक प्रोफाइल बनाएको र फरक फरक मोबाइल नम्बर प्रयोग गरिएकाले त्यसो नगर्न यातायात व्यवस्था विभागले अनुरोध गरेको हो।

अनलाइन प्रोफाइल बनाउने क्रममा फारम भर्दा कुनै त्रुटि भएको भए नजिकको यातायात व्यवस्था कार्यालयमा गई त्रुटिपूर्ण विवरण हटाएर फेरि नयाँ विवरण भर्न समेत विभागले अनुरोध गरेको छ । यातायात व्यवस्था विभागले हाल अनलाइन रुपमै ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ । पहिले आफूले आवेदन दिइसके पश्चात आफूले रोजेको मिति र कार्यालयमा सम्पर्क राखेर परीक्षा र ट्रायल दिन सकिने व्यवस्था छ ।

Logo