गोरखामा संरक्षण क्षेत्रभित्र बढ्यो ‘जडीबुटी’ तस्करी

गोरखामा संरक्षण क्षेत्रभित्र बढ्यो ‘जडीबुटी’ तस्करी

केन्द्रबिन्दु
0
Shares

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को म्याद थप नहुँदा जडीबुटीको चोरी तस्करी बढेको छ । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा पर्ने संरक्षण क्षेत्रको वनबाट जडीबुटी तस्करी हुने गरेको हो । 

यस संरक्षण क्षेत्रभित्र पाइने सेतो चिनी, यार्सागुम्बा, सतुवा, वनलसुन लगायतका बहुमूल्य जडीबुटीहरूको खुलेआम चोरी तस्करी हुने गरेको स्थानीयहरू बताउँछन् । 
‘अहिले त कतैबाट अनुमति पनि नलिई संरक्षण क्षेत्रबाट धमाधम जडीबुटी चोर्ने काम भइरहेको छ । यहाँका प्रहरी, प्रशासन जनप्रतिनिधि सबै मौन छन् । उनीहरुको मौनताले यहाँ आर्थिक चलखेल भएको सहजै अनुमान गर्न सकिन्छ’, नाम नबताउने सर्तमा एक स्थानीयले भने, ‘यदी त्यहाँ आर्थिक चलखेल नभएको भए किन तस्करी हुँदा पनि मौन छन् ?’ 

म्याद सकिनुअघि एमक्यापले नै यस क्षेत्रबाट जडीबुटी उत्खनन तथा ओसारपोसार गर्न अनुमति दिन्थ्यो । तर, एमक्यापको म्याद थप नहुँदा अहिले अनुमतिविनै जडीबुटीको चोरी निकासी भएको हो ।  ‘अहिले हामीले अनुमति दिएका छैनौँ । हाम्रो आयोजनाको म्याद सकिसकेको छ । तर, म्याद थप भएको छैन । हाम्रो म्याद सकिएपछि हामीसँग अनुमति दिने अधिकार छैन,’ एमक्यापका सूचना अधिकारी अचित तुम्बाहाम्फेले भने । उनका अनुसार १३ असार  २०७७ देखि एमक्यापको म्याद सकिएको छ । 

तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग गोरखाका प्रमुख पशुपति अधिकारी भने एमक्यापका पदाधिकारीहरूको कमजोरीका कारण जडीबुटीको चोरी निकासीमा मद्दत पुगेको बताउँछन ।
संरक्षण क्षेत्रमा जडीबुटीको उत्खनन् तथा ओसारपोसारको जिम्मा एमक्यापलाई नै भएको अधिकारी बताउँछन् ।  
 

Logo