बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति, बाढी त्रासले आसपासका स्थानीय घर छोडेर सुरक्षित स्थानमा

बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति, बाढी त्रासले आसपासका स्थानीय घर छोडेर सुरक्षित स्थानमा

केन्द्रबिन्दु
0
Shares

बाढीले मेलम्ची नगरपालिका-११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।

गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो ।  स्थानीयका अनुसार सोही अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ । यसबाट  ६ वडाका बासिन्दा प्रभावित भएका छन् । मध्यरातमा  आएको बाढीको त्रासका कारण हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । 
 

Logo