काठमाडौं महानगरपालिकाको फोहोर ढुवानी बुधबार पनि रोकिने

काठमाडौं महानगरपालिकाको फोहोर ढुवानी बुधबार पनि रोकिने

केन्द्रबिन्दु
0
Shares

बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्नुपर्ने भएकोले भोली बुधबार पनि काठमाडौंको फोहोर ढुवानी रोकिने महानगरपालिकाले जनाएको छ ।  

काठमाडों महानगरका अनुसार प्रत्येक दिन ३ सय ट्रक फोहोर बञ्चरेडाँडामा खसाल्न सुरु भएतापनि वर्षाले गर्दा बाटो बिग्रँदा १ सय ट्रक फोहोर भन्दा धेरै ल्यान्डफिल्ड साइट लैजान नसक्ने स्थिति रहेको छ । बाटो मर्मतको लागि भन्दै आज पनि फोहोर ढुवानी रोकिएको थियो । बिहीबारदेखि महानगरको फोहोर नियमित रुपमा फेरि बञ्चरेडाँडा जाने महानगरले जनाएको छ ।

Logo