विपद व्यवस्थापनका लागि पूर्व सूचना सम्बन्धी समिति गठन

विपद व्यवस्थापनका लागि पूर्व सूचना सम्बन्धी समिति गठन

केन्द्रबिन्दु
0
Shares

जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका लागि पूर्व सूचना सम्बन्धी विषयगत समिति गठन भएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधि सम्मिलित १५ सदस्यीय समितिमा मनसुनबाट हुने जोखिम न्यूनिकरणका लागि बेलैमा पूर्व सूचना दिने उदेश्य रहेको छ ।  
प्रभावमा आधारित पूर्व सचना प्रणालीले प्राकृतिक विपद्जन्य घटनाबाट पुग्ने भौतिक तथा मानवीय क्षतिलाई न्यूनिकरण र जनधनको सुरक्षामा सहयोग पु¥याउने उदेश्यसाथ पूर्व सूचनाको विषयगत समिति गठन भएको जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले जानकारी दिए । डा. उप्रेतीले विषयगत समितिलाई बिहीवार मनसुनजन्य प्रकृतिका घटनाले निम्त्याउनसक्ने समस्या र पूर्व तयारीका बारेमा प्रशिक्षण दिएका थिए ।

टास्क फोर्सका संयोजकसमेत रहेका डा. उप्रेतीले जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा कार्यरत संस्थासँगको सहकार्यमा काम गर्दा पूर्व सूचना प्रणालीमा प्रभावकारी परिणाम आउने विश्वास व्यक्त गरे ।

उनले टास्क फोर्सले मनसुनजन्य सिजनमा निम्तनसक्ने प्राकृतिक जोखिमका घटनाबारे जन समुदायलाई पूर्व सूचीत गराउने प्रमुख उदेश्य राखेको बताए ।
 

Logo