दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुुई जनाको मृत्यु भएको छ ।

सौडियारबाट घोराही तर्फ आउँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले गएराति पानै नौ बजेतिर घोराही ७ बेसाइ नजिक २ वटा साइकललाई ठक्कर दिँदा दुुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १५ का ३५ वर्षीय गंगाबहादुर कवर र साइकल यात्री सोही वडाका १६ वर्षीय रितेश केसी रहेका छन् ।

उनीहरु दुबैको उपचारको क्रममा मृत्युु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाई्कलमा सवार घोराही उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय बसन्त चौधरी र अर्का साइकल यात्री सोही वडाका सोही ठाउँका १५ वर्षीय बिनोद भण्डारी रहेका छन् । उनीहरू दुबैको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

Logo