मकवानपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

मकवानपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु


 मकवानपुरमा भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना भएको छ । कान्तिलोक पथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाख नजिकै फलाम बोकेको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो कान्तिलोकपथ सडकखण्डमा हेटौडा बाट ठिंगनतर्फ जादै गरेको सि जी ०७ बि अच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक सडक बाट अन्दाजी २००/२५० मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा ट्रक चालक भारतको पट्ना जिल्ला महाबलिपुर बस्ने ४० बर्षीय सुरेन्द्र यादव रहेको मकवानपुर प्रहरीले बताएको छ । ट्रक चालकको शव गाडिको स्ट्रेरिङमा अड्केर  रहेको र ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्ने  १८ बर्षीय अजित यादव भने हामफालेर बाचेको जनाइएको छ ।

Logo