नेपालमै उत्पादित डेल्टा मोटरसाइकल टायरको डिलर मिट सम्पन्न

नेपालमै उत्पादित डेल्टा मोटरसाइकल टायरको डिलर मिट सम्पन्न


चितवनको सौराहामा डेल्टा मोटरसाइकल टायरको देशभरका डिलरहरुको भेला सम्पन्न भएको छ । डेल्टा टायर बिक्री–वितरण गरिरहेको ग्रिन टायर्स प्रालिको आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्सको आयोजनामा सो भेला सम्पन्न भएको हो ।

सो अवसरमा देशभरका ३० डिलर प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपाली बजारमा उपलब्ध मोटरसाइकल टायरका रेन्ज र यसका विभिन्न विशेषताको वारेमा चर्चा हुनुका साथै चालु आर्थिक वर्षको उपलब्धिको समीक्षा र आगामी आर्थिक वर्षको कार्ययोजना वारेमा सो अवसरमा छलफल भएको थियो । सो अवसरमा डिलरहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा ग्रिन टायर्सको तर्फबाट डाइरेक्टर बिनित सिंघानिया र श्रीष कटारुकाका साथै डेल्टा डिस्ट्रिब्युटर्सका डाइरेक्टर विकास सिंघानियाले सहभागीहरुलाई विभिन्न विषयमा जानकारी दिएका थिए ।

मोरङको कटहरीमा अवस्थित ग्रिन टायर्स प्रालि नेपालकै पहिलो टायर निर्माता कम्पनी हो । कम्पनीले पहिलो चरणमा दुईपांग्रे र तीनपांग्रे सवारी साधनका लागि आवश्यक टायर र ट्रयाक्टर टायर समेत उत्पादन गरिरहेको छ । प्रतिवर्ष २ लाख टायर उत्पादन गर्ने क्षमता रहेको सो कम्पनीले आगामी २०२५ सम्म करिव ६ लाख टायर वार्षिक रुपमा उत्पादन गर्ने लक्ष्य लिएको छ ।

हाल कम्पनीले दुईपांग्रे र तीनपांग्रेका लागि २५ भन्दा बढी साइजमा डेल्टा टायर उत्पादन गरिरहेको छ भने ट्रयाक्टर लगायतका कृषि सम्बद्ध सवारी साधनका लागि शेर्पा टायर उत्पादन गरिरहेको छ ।

Logo