पाँचथर पहिरोमा बेपत्तामध्ये एक जनाको शव भेटियो

पाँचथर पहिरोमा बेपत्तामध्ये एक जनाको शव भेटियो


अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोमा पुरिएर बेपत्ता भएको पाँचथर फालेलुङ–७ का तीनमध्ये एक जनाको शव भेटिएको छ ।

४२ वर्षीय रुपलाल मगरको शव फेला परेको घटनास्थल पुगेका पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार पहिरोमा परी बेपत्ता भएकी रुपलालकी ३८ वर्षीया श्रीमती गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर अझै बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको पनि न्यौपानेले बताए ।

शुक्रबार राति १० बजेतिर पहिरोले घर पुरिएपछि उनीहरू बेपत्ता भएका थिए । उद्धारका लागि स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् । दलबहादुर मगरलाई भने शुक्रबार राति नै स्थानीयले सकुशल उद्धार गरेका थिए ।

Logo