भ्यानले आमा–छोरालाई ठक्कर दिँदा छोराको मृत्यु

भ्यानले आमा–छोरालाई ठक्कर दिँदा छोराको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको बल्खुमा आज भ्यानले आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ । दुर्घटनामा आमा घाइते भएकी छन् । 

मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको बल्खु स्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ । 

बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिडिरहेका आमाछोरालाई एकैसाथ ठक्कर दिएको हो । 

सवारी साधन सहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।

Logo