अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन्। १७ वर्षीय विनोद शाही मृत्यु भएको घटनामा मृतकका आफन्तले किटानी जाहेरी दिएपछि मेयर चलाउनेलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।
उनी वैशाख ३० मा भएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन्। प्रहरीले अन्यलाई पनि नियन्त्रणमा लिएकाे छ तर पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छैन ।
अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले पक्राउ परेकाहरूको नाम अहिले सार्वजनिक गर्न नमिल्ने बताए। विनोदको हत्या आरोपमा १३ जनाविरूद्ध आफन्तले किटानी जाहेरी दिएका थिए। अहिलेसम्म ७ जना पक्राउ परेका छन् भने ६ जनाको खोजी जारी रहेको प्रहरीले बताएको छ।































प्रतिक्रिया