प्रेजेन्टर्स एसोसियशन अफ नेपालको अध्यक्षमा विवेक खतिवडा

प्रेजेन्टर्स एसोसियशन अफ नेपालको अध्यक्षमा विवेक खतिवडा

केन्द्रबिन्दु
0
Shares

कार्यक्रम प्रस्तोताहरुको संस्था ‘प्रेजेन्टर्स एसोसियशन अफ नेपाल’ को अध्यक्षमा विवेक खतिवडा चयन भएका छन् । 

विभिन्न रेडियो, टेलिभिजन तथा स्टेज कार्यक्रमहरुमा कार्यक्रम प्रस्तोताको रुपमा क्रियाशील व्यक्तिहरु संगठित हुँदै अध्यक्षमा खतिवडालाई चयन गरेका हुन् । आईतबार काठमाडौंमा भएको भेलाले ‘प्रेजेन्टर्स एसोसियशन अफ नेपाल’ संस्थाको घोषणा गरेको छ ।  काठमाडौ स्थित सांस्कृतिक संस्थानमा पत्रकार सम्मेलन आयोजना गर्दै  सो संस्थाको औपचारिक घोषणा गरिएको हो ।

टेलिभिजन, रेडियो तथा स्टेजमा समेत प्रस्तोताको रुपमा कार्यरत संचारकर्मीहरुले  कार्यक्रम प्रस्तोता विवेक उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमित गठन गरेको हो । संस्थाको बरिष्ठ उपाध्यक्षमा  मल्भिका सुब्बा रहेकी छन् । काठमाण्डौ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई मानार्थ सदस्य राखिएको नवगठित एशोसिएसनका अध्यक्ष विवेक खतिवडाले जानकारी दिए । संस्थामा बरिष्ठ संचारकर्मीं रमा सिंह, माइकल चन्द र कोमल वलीलाई संरक्षकको रुपममा मनोनयन गरिएको छ ।

यस्तै संचारकर्मी भूषण दाहाल, प्रभात रिमाल, हरिशरण लामिछानेलाई मानार्थ सदस्यका रुपमा मनोनयन गरिएको छ । ‘प्रेजेन्टर्स एसोसियशन अफ नेपाल’ संस्थाको कार्य समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विवेक सिंह ठकुरी, महासचिवमा जीपी तिमलसेना र कोषाध्यक्षमा निर्णय श्रेष्ठ रहेका छन् । सदस्यहरुमा सुगारीका के.सी., बिना श्रेष्ठ, उरुषा जोशी, अमन प्रताप अधिकारी, खुस्बु प्रधान र सुवेक्षा खड्का रहेका छन् ।

संस्थाको घोषणाका लागि आयोजना गरिएको पत्रकार सम्मलेनमा बोल्दै काठमाठौं महानगरपालिकाकी उपप्रमुख डंगोलले आगामी दिनहरुमा महानगरपालिका तथा एसोसियशनकाबीच रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाइन् । संस्था घोषणाको पत्रकार सम्मेलनमा संस्स्कृतिक संस्थाका जिएम अशोक प्यासी राई लगायत वरिष्ट संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Logo