मधेस प्रदेशमा फेरि ‘छोरी शिक्षा बीमा’ कार्यक्रम सुरु

मधेस प्रदेशमा फेरि ‘छोरी शिक्षा बीमा’ कार्यक्रम सुरु

केन्द्रबिन्दु
0
Shares

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ। यस कार्यक्रम कोरोना महामारीका कारण गएको दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेस प्रदेशका शिक्षा निर्देशक चुडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको जानकारी दिए ।  

यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीहरुको बीमा गरिँदै आएकोमा अब ग्लोबल बैंकसँग सम्झौता गरिएको बताए ।  । सम्झौतापत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाँल र ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

गएको २०७८ माघ १ गतेपछि जन्मिएका छोरीहरुको लागि सुरू गरिको बीमा, २० वर्षपछि तीन लाख रुपैयाँ दिने गरी प्रतिबीमा ३७ हजार ४ सय ५७ मधेस सरकारले बैंकलाई प्रिमियम तिर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित ‘छोरी शिक्षा बीमा’  २०७५ फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारी शुभारम्भ गरेका थिए । 
 
 

Logo