भारतीय दूतावासमा मृत्यु हुने सुरक्षाकर्मीको पहिचान खुल्यो, आत्महत्या गरेको दूतावासको भनाइ

भारतीय दूतावासमा मृत्यु हुने सुरक्षाकर्मीको पहिचान खुल्यो, आत्महत्या गरेको दूतावासको भनाइ

केन्द्रबिन्दु
0
Shares

भारतीय दूतावासमा सोमबार दिउँसो भएको गोलीकाण्डबारे भारतीय दूतावास आफैँले अनुसन्धान अघि बढाउने भएको छ। सोमबार दिउँसो दूतावासभित्र गोली चलेको आवाज आएको थियो। घटनामा भारतीय सुरक्षाकर्मी दीपक सिंहको मृत्यु भएको छ। 

उनले आत्महत्या गरेको दूतावासको भनाइ छ। गोली चलेको थाहा पाएपछि नेपाल प्रहरीको टोली दूतावास पुगेको थियो। तर, दूतावासभित्र भारतीय नागरिकको मृत्यु भएको घटना भएका कारण आफैँ अनुसन्धान गर्ने भन्दै नेपाल प्रहरीलाई फर्काइएको प्रहरीको भनाइ छ । 

 

Logo