चट्याङ लागेर प्युठानमा दुई बालकको मृत्यु, नौ जना घाइते

चट्याङ लागेर प्युठानमा दुई बालकको मृत्यु, नौ जना घाइते

केन्द्रबिन्दु
0
Shares

 प्युठानको ऐरावती गाउँपालिका-६ बिजुलीकोटमा चट्याङ लागेर दुई बालकको मृत्यु भएको छ  । 

चट्याङ लागेर घाइते भएका स्थानीय ७ वर्षका रोमन परियार र १२ वर्षका किरण परियारको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । 

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थियो । चट्याङ लागेर ऐरावती गाउँपालिका–६ का ५ जना र वडा नम्बर–१ दाङवाङ्गका ४ जना गरी ९ जना घाइते भएका छन् । 

घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसवर्ष वैशाखयता ४३ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् ।  ७५ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले जनाएको छ । 

Logo