रामेछापबाट काठमा डौंका लागि छुटेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।

दुर्घटनामा ५ जना पुरुष र ४ जना महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । रामेछापको सुनापति गाउँपालिका-५ र खाँडादेवी गाउँपालिका-१ को सिमानामा बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते २४ जनालाई धुलीखेल पठाइएको प्रहरी नायब उपरीक्षक राजकुमार तामाङले जानकारी दिए । अहिले उद्धार कार्य जारी रहेको उनले बताए ।





























प्रतिक्रिया