रामेछापको सुनापती गाउँपालिका-५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये ८ जनाको सनाखत भएको छ ।
बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ९ जनाको घटनास्थलमै र ३ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा ७ जना पुरुष र ५ जना महिला रहेका छन् ।
रामेछाप प्रहरीका अनुसार मृत्यु हुनेमा सुनापति-५ की २६ वर्षीया समरिता तमाङ, ६० वर्षीय ठुला तामाङ, ३६ वर्षीय ढुकुरे भन्ने खडक विक, २२ वर्षीया विपना तामाङ, कान्छी माया भन्ने शुभलक्ष्मि, सुनापति-४ की ३६ वर्षीया सन्जु आलेमगर, काभ्रेको रोशी गाउँपालिकाकी कमला तामाङ, काभ्रेकै सुदिप गमजेर रहेका छन् ।
दुर्घटनामा घाइते भएका २१ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । रामेछापको हिलेदेखी काठमाण्डौ आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस आज बिहान सवा १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।





























प्रतिक्रिया