सेलिब्रेटीहरुको गुरुपुर्णिमा

सेलिब्रेटीहरुको गुरुपुर्णिमा

केन्द्रबिन्दु
0
Shares

आषाढ शुक्ल पूर्णिमाका दिन अर्थात आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइन्छ । 

मानिसलाई हरेक क्षणमा गुरुको आवश्यकता पर्दछ । सभ्य समाज र जीवनको आधारस्तम्भ गुरु नै हुन् । प्राचीन समाजका युगपुरूषहरू राम, कृष्ण, बुद्ध, सन्त कवीर, सबैले आफ्नो जीवनमा गुरु धारण गरेका थिए । 
गुरु पूर्णिमाको अवसरमा प्राय मानिसले सामाजिक सञ्जालमार्फत् आ—आफ्ना गुरुलाई सम्झिएका छन् भने धेरैले भेटेरै गुरुको आर्शिवाद लिने गरेका छन् । यस्तै कलाकारहरुले पनि आ—आफ्ना गुरुलाई सम्झिँदै सामाजिक सञ्जालमा सम्मान भाव प्रकट गरेका छन् । आउनुहोस हेरौं कुन कलाकारले कस्लाई आफ्नो गुरु मानेका छन् ।

१. सदिच्छा श्रेष्ठ


सदिच्छा श्रेष्ठ सन् २०१० की मिस नेपाल हुन् । उनले सो प्रतियोगितामा मिस पर्सनालिटी, मिस बेस्ट वाक र मिस फोटो जेनिकको उपाधि पनि जितेकी थिइन् । मिस नेपालमा एउटै प्रतियोगीले जितेको यो नै सबैभन्दा धेरै उपाधि हो । 
सदिच्छाले सामाजिक सञ्जालमा आफ्नो आमा बुबाको तास्बिर राखेर गुरु भनी सम्बोधन गरेकी छन् । उनले पोष्ट गरेको त्यो फोटोमा “मेरो पहिलो गुरुहरुलाई गुरु पूर्णिमाको शुभकामना ! धन्यवाद छ मलाई सहि दिशा देखाउनु भएकोमा र हुर्काउनु भएकोमा” लेखेकी छिन् ।

२. पुजा शर्मा 

नेपाली चलचित्र उद्योगमा आफ्नो कामका लागि परिचित अभिनेत्री हुन् पुजा शर्मा । शर्माले २०१२ मा ३ लभर्सबाट एक अभिनेत्रीको रूपमा डेब्यू गरेकी थिइन । त्यो फिल्ममा उनी एक सहायक अभिनेत्रीको रूपमा अभिनय गरेकी थिइन । 
अभिनेत्री पूजा शर्माले निर्देशक सुदर्शन थापालाई ‘गुरु’को स्थान दिँदै सामाजिक सञ्जालमा धन्यवाद व्यक्त गरेकी छिन् । उनी आफ्नो करियर यहाँसम्म आइपुग्न निर्देशित थापाको ठुलो भुमिका रहेको मान्छिन । उनले सुदर्शनसंगको फोटो पोष्ट गर्दै लेख्छिन, ‘तपाईले मलाई एक शिक्षकको रूपमा सिकाउनु भयो, मलाई मेरो आमा—बाबुले जस्तै रक्षा गर्नुभयो र मलाई एक गुरुले जस्तै मार्गदर्शन गर्नुभयो । तपाई साँचिक्कै यो दिनका लागि योग्य हुनुहुन्छ । तपाईँ मेरो जीवनको आशिष हो । म तपाईको विद्यार्थी हुन पाएकोमा आभारी छु । मलाई उत्कृष्ट बन्न चुनौती दिएको र सिक्ने जोश जगाएकोमा तपाईलाई धेरै धन्यवाद । ह्याप्पी गुरुपूर्णिमा काजी ।”

३. प्रदिप रोदन


साहित्यकार क्षेत्रमा चर्चित छन् प्रदिप रोदन । उनी एक गजलकार हुन् । साहित्यका रोदनका गजलहरु मन छुने हुन्छन् । उनी युवट्वमा धेरै रुचाइने साहित्यकारहरुमा पर्छन् । उनले सामाजिक सञ्जालबाट सम्पूर्ण गुरुहरुलाई शिक्षा र ज्ञानको लागी धन्यवाद संगै शुभकामना पनि दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन । ‘हर प्राप्तिको अघि पछि हृदयको विशालता, शुभेच्छाको पहाड, ज्ञानको सागर, सफरको साथी, खुशीको जमीन, उडानको आकाश हुनेगर्छ । यी सबै परिवेशमा मैले पाएको गुरुहरुलाई  हृदय देखि हार्दिक नमन साथै आभार पनि ब्यक्त गर्दछु । सम्पूर्णमा गुरु पूर्णिमाको असिम शुभकामना । 

४. निर्मल शर्मा


हाँस्यकलाकार निर्मल शर्मा तितो सत्य टिभी श्रृंखलाबाट ‘गैंडा’ नामले चिनिन्छन् । उनी २०१३ मा ‘छ एकान छ’ नामक चलचित्रमा पनि देखिएका थिए । शर्माले पनि आज गुरु पुर्णीमाका दिन आफ्ना गुरुहरुलाई शुभकामना दिएका छन् । उनले भोग एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीका सि.ई.ओ प्रभात रिमाल ,नेपाली संगीतकार शम्भुजित बाँस्कोटा, निर्देशक कमलकांत मैनाली, हास्य कलाकार, दिपा निरौला र दिपकराज गिरीलाई गुरुका रुपमा सम्बोधन गरेका छन् । उनले पोष्टमा ठट्टा शैलीमा ‘शेयर बजार अनी फिल्ममा लगानी गर्दा भयकंर कमाई हुन्छ, भन्दै चुर्लुम्मै डुबाई दिने गुरुहरुलाई पनि गुरु पुर्णीमाको भब्य शुभकामना दिनु पर्छ है’ भनेर ब्यङ्य गरेका छन् ।

५. साइग्रेस पोखरेल 


कथाबाचक तथा चलचित्र निर्माताका रुपमा चिनिन्छन ।  विभिन्न कार्यक्रममा  कथाबाचकका रुपमा उनी धनगढी, धरान, चितवन, बुटवल, पोखरा र काठमाडौं लगायत ठाँउहरुमा औपचारिक प्रस्तुती दिएका छन् । उनी हाल स्पेनको बार्सिलोनामा बस्दै आएका छन् । 
साइग्रेसले सामाजिक सञ्जाल मार्फत गुरुहरुका लागि शुभकामना स्वरुप लेखेका छन् । गुरुः ब्रह्मा गुरुः विष्णुः, गुरुः देवो महेश्वरा गुरुः साक्षात परब्रह्मा, तस्मै श्री गुरुवे नमः लेख्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन ।
 

Skip This
Skip This
Logo