वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

केन्द्रबिन्दु
0
Shares

वैदेशिक रोजगार कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका-८ बस्ने ४६ वर्षीय श्रीकृष्ण घिसिङ्ग तामाङ् छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

वैदेशिक रोजगार संचालन गर्ने अनुमति नै नपाएका घिसिङ्गले आकर्षक रोजगारका लागि राम्रो पारिश्रमिकमा इजरायल, जापान लगायतका मुलुकहरूमा पठाईदिने झुट्टा आश्वासन देखाई ठगी गरेका थिए । 

पीडितहरूलाई विभिन्न मितिमा ठगी गरेको वैदेशिक रोजगार कसूरका ३ थान मुद्दामा सर्वोच्च अदालतले उनलाई २०७७ चैत १७ गते ६ वर्ष कैद र ६ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो ।  

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।

Skip This
Skip This
Logo