नुवाकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

नुवाकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

केन्द्रबिन्दु
0
Shares

नुवाकोटको ककनी गाँउपालिका-१ महालक्ष्मीस्थान स्थित भित्री सडकखण्डमा गएराती टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा टिपरमा सवार ककनी गाँउपालिका-१ की अन्दाजी ३२ बर्षीया बसन्ती बलामी रहेकी छन् । बलामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागी काठमाडौं तर्फ ल्याइएको छ । घाइते मध्ये ट्रिपरमा सवार ककनी गाँउपालिका-१ का अन्दाजी ३० बर्षीय विष्णु बलामीको अवस्था गम्भीर रहेको छ । 

महालक्ष्मीस्थाबाट तरकारी लिएर काठमाडौं आउदै गरेको बा ४ ख ३७२८ नम्बरको टिपर गएराती पौने ३ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो । टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी ओखरपौवा नुवाकोटले जनाएको छ । 

Logo