देशभर गर्मी बढेको छ । एक हप्तायता देशभर गर्मी बढ्दो क्रममा रहेको पाइन्छ । पानी पार्ने न्यून चापीय रेखा नेपालबाट टाढा रहेकाले एक हप्तायता देशभर गर्मी बढ्दा नागरिकको जनजीवन प्रभावित भएको छ ।
काठमाडौंमा आज आइतवार दिउँसोको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको छ । यस्तै आज विराटनगरको तापक्रम ३४ दशमलव ९, भैरहवा र वीरेन्द्रनगरको ३७ तथा दिपायलको ३६ डिग्री सेल्सियस मापन गरिएको छ ।
तराई क्षेत्रको जनजीवन गर्मीले अझ अस्तव्यस्त भएको छ । अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष काठमाडौं उपत्यकासहितका पहाडी क्षेत्रमा अत्यधिक गर्मी महसुस भएको छ ।
पर्सि मङ्गलवार राति देखिमात्रै पानी पर्ने भएकाले अझै दुईतीन दिन गर्मी बढ्ने सम्भावना भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिए । उनका अनुसार केही दिनयता बाहिरबाट कुनै पनि मौसमी प्रणाली नआएको र स्थानीय बादल पनि राम्रोसँग विकसित नभएकाले गर्मी बढेको हो ।































प्रतिक्रिया