साउन महिनाको पहिलो सोमबार, साउनको सोमबार भगवान् शिवको विशेष पूजा-आराधना गरेर साउने व्रत सुरु गर्ने दिन हो ।
नेपाल तथा भारतका शिवालयमा आज श्रद्धालुको घुइँचो छ। काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सिन्धुलीको कुशेश्वरलगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ । त्यसैले यो दिन उनको आराधना गरिन्छ ।
आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ।































प्रतिक्रिया