काठमाडौंको जोरपाटीमा बोरिङ खन्दा ग्यास निस्कियो

काठमाडौंको जोरपाटीमा बोरिङ खन्दा ग्यास निस्कियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको जोरपाटीनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको हो।

स्थानीयका अनुसार अहिले घटनाको वास्तविकता पत्ता लगाउनका लागि खानी तथा भूगर्भ विभागका अधिकारीहरूलाई बोलाइएको छ । 

स्थानीय नगेन्द्रप्रसाद दाहालका भने, ‘३ सय फिटजति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित ग्यासको मुस्लो निस्किएको छ ।  बिहान १० बजेदेखि अहिलेसम्म पनि पाइपबाट ग्यासको मुस्लो निस्किरहेको थियो ।

अहिले उक्त ठाउँमा ग्यासको जस्तो गन्ध फैलिएको दाहालले बताए । ग्यासको मुस्लो तीन तलामाथिसम्म पुगेको पनि उनले बताए । छेउछाउका घरमा धुलाम्मे भएका छन् । बाटोमा राखेका मोटरसाइकल पनि ग्यासबाट निस्किएको धुलोले धुलाम्मे भएका छन्, उनले भने ।

Logo