पहिरोका कारण दुई सडक अवरुद्ध

पहिरोका कारण दुई सडक अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको तारकेश्रर नगरपालिका–३ पाँचमानेस्थित सडकको भितामाथि रहेको ठुलोढुङ्गा गएराति बाटोमा खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।  

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

लमजुङको बेंसीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा बिहीबार बिहान पहिरो झर्दा डुम्रे– बेंसीशहर सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।  अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

Logo