सिरहामा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला

सिरहामा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला

केन्द्रबिन्दु
0
Shares

सिरहाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। शव गोलबजार नगरपालिका –९ डण्डाका ४५ वर्षीय रामजतन पासवानको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । पासवान हिजो बेलुकादेखि हराइरहेको र उनको चप्पल र गञ्जी इनार नजिकै फेला परेको प्रहरीले बताएको छ।

आज बिहान उनको गञ्जी र चप्पल भेटिएको आधारमा इनारको पानी फालिएको थियो । यही क्रममा शव पनि देखिएको हो । प्रहरी र सेनाले शव निकाल्ने प्रयास गरे पनि नसकेपछि इटहरीबाट गोताखोर टोली ल्याएर निकाल्ने कोसिस भइरहेको छ।

इनारमा अक्सिजनको मात्रा कम भएकाले निकाल्न नसकिएको स्थानीयको भनाइ छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Skip This
Skip This
Logo