काठमाडौं र बझाङबाट जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१६ मनाङगेट बस्ने दिप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा गोरखा धार्चे गाउँपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने २७ वर्षीय वीर बहादुर गुरुङसमेत छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ८ सय ४० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस्तै, बझाङको जयपृथ्वी नगरपालिका-९ सिमखेत बस्ने बिष्णु मण्डेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५८ वर्षीय दिपक खड्का समेत ११ जना छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९१ हजार ५ सय ७५ रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।































प्रतिक्रिया