करेन्ट लागेर दुई जनाको मृत्यु

करेन्ट लागेर दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भक्तपुर र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । 

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ स्थित निर्माणाधिन घरको रड काट्ने क्रममा मेशिनबाट करेन्ट लागेर रामेछाप घर भएका २६ वर्षीय रोसन बिकको बिहीबार मृत्यु भएको छ । 

करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

झापाको भद्रपुर नगरपालिका–७ बस्ने ४० वर्षीय भोटलाल गणेश राजवंशीको करेन्ट लागेर बिहीबार मृत्यु भएको  छ ।  

मेचीनगर नगरपालिका–४ स्थित खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

Skip This
Skip This
Logo