प्युठानमा जीप दुर्घटना : १ जनाको मृत्यु , १५ घाइते

प्युठानमा जीप दुर्घटना : १ जनाको मृत्यु , १५ घाइते

केन्द्रबिन्दु
0
Shares

प्युठानमा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ  । दुर्घटनामा १५ जना घाइते भएका छन् । शनिबार दिउँसो स्वर्गद्धारीबाट भिङ्गीका लागि छुटेको लु ३ च ३५३ नम्बरको जीप स्वर्गद्धारी नगरपालिका ४ उर्लाङमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी रुपन्देहीको मायादेवी गाउँपालिका ३ की ३२ वर्षीया गुडिया ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ ।   घटनाबारे थप विवरण आउन बाँकी छ ।

Logo