नारायणगढ–मुग्लिन सडक दुइतर्फी खुल्यो

नारायणगढ–मुग्लिन सडक दुइतर्फी खुल्यो

केन्द्रबिन्दु
0
Shares

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै  लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो । 

दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिनुभयो । गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । 

Logo