सोलुखुम्बुबाट विराटनगर हिँडेको बस दुर्घटना हुँदा १२ यात्रु घाइते

सोलुखुम्बुबाट विराटनगर हिँडेको बस दुर्घटना हुँदा १२ यात्रु घाइते

केन्द्रबिन्दु
0
Shares

सिद्धिचरण लोकमार्गको कटारी घुर्मी सडक खण्डमा बस दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् ।

सोलुखुम्बुबाट विराटनगर हिँडेको बा३ख २९५६ नम्बरको बस उदयपुरको कटारी नगरपालिका-४ मरुवामा अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सोमबार दिउँसो साँढे २ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । 

दुर्घटनामा बस चालक मोरङ विराटनगर महानगरपालिका-११ का ३० वर्षीय सरोजकुमार झा, पाँचथर फिदिम नगरपालिका–५ का २४ वर्षीय भूपेन्द्र पोखरेल, कटारी नगरपालिका-४ का ३२ वर्षीय तेजकुमार राई,  मोरङ रंगेली नगरपालिका-७ का ६० वर्षीय खड्कबहादुर भुजेल, खोटाङ हलेसी तुवातुङ नगरपालिका-७ का २५ वर्षीय सञ्जीव राउत, ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ का ५० वर्षीय टेकराज कोइराला, ३२ वर्षीय युवराज कोइराला, मोरङ कानेपोखरी नगरपालिका-७ का ६० वर्षीय गंगादेवी भुजेल, ३६ वर्षीय धनमाया भुजेल, सिन्धुली फिकल गाउँपालिका-४ का ७० वर्षीय जितबहादुर बिसुङखे, सिद्धिचरण नगरपालिका-३ का ३८ वर्षीय यादबकुमार दाहाल र ओखलढुंगा मोलुङ गाउँपालिका-२ रामपुरका ३३ वर्षीय तेजप्रसाद नेपाल घाइते भएको जनाएका छन् । 

घाइते मध्ये गम्भीर अवस्थाका पाँचथर फिदिम नगरपालिका-५ का २४ वर्षीय भूपेन्द्र पोखरेल, कटारी नगरपालिका-४ का ३२ वर्षीय तेजकुमार राई, मोरङ रंगेली नगरपालिका-७ का ६० वर्षीय खड्कबहादुर भुजेल, ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ का ५० वर्षीय टेकराज कोइराला, ३२ वर्षीय युवराज कोइराला, मोरङ कानेपोखरी नगरपालिका-७ का ६० वर्षीय गंगादेवी भुजेल, ३६ वर्षीय धनमाया भुजेल, सिन्धुली फिकल गाउँपालिका–४ का ७० वर्षीय जितबहादुर बिसुङखेलाई कटारी अस्पतालमा उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ । बाँकी घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Logo