वैदेशिक रोजगार सम्बन्धी कसूरमा एक जना पक्राउ

वैदेशिक रोजगार सम्बन्धी कसूरमा एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावाहिल बस्ने धादिङ धुनिवेसी गाउँपालिका–९ खानीखोला नौबिसे घर भएका २७ वर्षीय बिकास थापा रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । थापाले दुबईमा फुड डेलिभरीमा जागिर लगाई दिन्छु भन्दै पीडितसँग ४ लाख ४५ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ । उनले रकम लिएपछि पीडितलाई दुबई पठाई अलपत्र पारेका थिए । 

उक्त जाहेरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले थापालाई काठमाडौंको बसुन्धाराबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

Logo