मुम्बई उड्न लागेको जहाजबाट ‘आतंकवादी’ शैलीमा एक पक्राउ, प्रहरीभित्रै चर्कियो विवाद

मुम्बई उड्न लागेको जहाजबाट ‘आतंकवादी’ शैलीमा एक पक्राउ, प्रहरीभित्रै चर्कियो विवाद

केन्द्रबिन्दु
0
Shares

नेपाल एयरलाइन्सको जहाजबाट भारतको मुम्बई जान लागेका एक व्यक्ति पक्राउ परेका छन । १४१ जना यात्रु बोकेर मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट सबै यात्रु ओरालेर पक्राउ परेका व्यक्ति सुन चोरीमा संलग्न रहेको बताइएको छ ।

यसअघि सुरुमा आतंकवादी गतिविधिमा संलग्न व्यक्ति पक्राउ परेको खबर बाहिरिएको थियो । काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको जहाजबाट उनलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका व्यक्ति नेपाली नागरिक हुन् । एक उच्च प्रहरी अधिकारीका अनुसार उनको डोटी जिल्लामा सुन पसल छ ।
केही समयअघि भारतबाट सुन चोरर केही व्यक्ति कैलाली आएको सूचनाका आधारमा प्रहरीको विशेष ब्यूरोले अनुसन्धान गरेको थियो ।

विशेष ब्यूरोले आतंकवादी गतिविधिसँग सम्बन्धित अनुसन्धान मात्रै गर्दै आएको छ ।  विशेष ब्यूरोले सुन चोरीको अनुसन्धान गरेकोबारे प्रहरी अधिकारी असन्तुष्ट देखिएका छन् । प्रहरीकै उच्च अधिकारीहरु भन्छन्,“विशेष ब्यूरोले के गर्ने के नगर्ने जानकारी पाएन । रनवेबाट व्यक्ति नियन्त्रणमा लिइयो । आतंककारी भनेर प्रचार गरियो, यसले अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि धुमिल हुन्छ । विशिष्ट व्यक्तिहरु भ्रमणमा नआउन सक्छन् । निकै हलुका काम भयो ।”

काठमाडौंबाट मुम्बईका लागि उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति चढेको सूचना आएपछि सबैलाई बाहिर निकालिएको थियो ।
स्रोतका अनुसार कैलालीबाट विशेष ब्यूरोको टोलीले केन्द्रमा खबर गरेको थियो । सोही आधारमा काठमाडौंको टोली विमानस्थल पुगेको थियो । प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार पक्राउ परेका व्यक्ति चोरीमा संलग्न रहेको आशंका गरिएको छ ।

उनी आजै श्रीमतीसहित मुम्बई जान लागेको सूचनापछि प्रहरीले नियन्त्रणमा लिएको हो । ढिला सूचना आएकाले उनलाई रन वे मा पुगिसकेको जहाज रोकेर पक्राउ गरिएको हो ।

Skip This
Skip This
Logo